अपडेट : नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी खुला

१४ भदौ, चितवन । पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी नै खुलेको छ । टोपे खोलामा आज बिहान पहिरो बसेपछि सडक अवरुद्ध भएको थियो ।

डोजरको सहायताले पहिरो पन्छाएपछि सडक दुईतर्फी खुलेको र सवारी साधनहरु गन्त्वयमा गइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पहिरोको कारण बाटो अवरुद्ध भएपछि सवारी साधनहरुलाई मुग्लिन र जुगेडीमा रोकिएको थियो ।

Sharing This Article