उच्च अदालतको मुख्य न्यायाधीशमा ६ जना सिफारिस

५ मंसिर, काठमाडौं । न्यायपरिषदले उच्च अदालतका ६ जना न्यायाधीशलाई मुख्य न्यायाधीशमा सिफारिस गरेको छ ।

परिषदको मंगलबारको बैठकले लोहितचन्द्र शाह, माधव पोखरेल, रमेश राजभण्डारी, श्रीकान्त पौडेल, नित्यानन्द पाण्डे र शान्तिसिंह थापालाई मुख्य न्यायाधीशमा सिफारिस गरेको हो ।

Sharing This Article