केन विलियमसनलाई विश्वकप टोलीमा समावेश गरिने

१९ भदौं, काठमाडौं । ह्वाइट बल क्रिकेटका नियमित कप्तान केन विलियम्सनलाई भारतमा हुने वानडे क्रिकेट विश्वकपका लागि न्युजिल्याण्डको टिममा समावेश गरिने भएको छ । हाल घुँडाको शल्यक्रिया पछि आराममा रहेका विलियमसन रिकभरीको चरणमा छन् ।

गत मार्चमा आईपीएल खेल्ने क्रममा उनको घुँडामा चोट लागेको थियो । उनको रिकभरीमा धेरै सुधार भइरहेको र अक्टोबरमा भारतमा सुरु हुने विश्वकपमा टिममा राखिने न्युजिल्याण्ड क्रिकेटले जनाउको छ ।

विलियमसन हाल न्युजिल्याण्डको टिमसँगै इंग्ल्याण्डमा छन् जहाँ उनी निरन्तर रिह्याबमा छन् ।

न्युजिल्याण्डका प्रशिक्षक ग्यारी स्टिडले विमियमसनको छनोटले उनी पहिलो खेलमा उपलब्ध हुने ग्यारेन्टी भने नरहेको बताएका छन् । उनको रिकभरी राम्रोसँग भइरहेकोले टिममा राखिएको हो ।

विशेषज्ञ समूहको राम्रो सहयोगमा केनले रिह्याबिलिटेसनमा निरन्तर मिहनेत गरिरहेको स्टिडले बताए । विश्वकप खेल्ने टिममा पर्नका लागि विलियमसनले कुनै कसर बाँकी नराखी मिहिनेत गरिरहेका छन् ।

यस्तै प्रशिक्षक स्टिडले विलियमसनले मैदान फर्केर कहिले खेल्छन् भन्ने कुनै विशेष म्याच टाइमलाइन नतोकिएको पनि बताए ।

विलियमसन आफैँले पनि आफ्नो चौथो विश्वकपका लागि टिममा पर्न पाउँदा निकै उत्साहित छन् ।

‘यस सम्पूर्ण प्रक्रिया मार्फत मैले कुनै मिति पा खेलमा धेरै केन्द्रित नभई कहिले क्रिकेटमा फर्कन सक्छु भनेर दिमाख खुल्ला राख्ने प्रयास गरेको छु, विलियमसनले भनेका छन्, ‘छनोट हुनुले त्यसमा कुनै परिवर्तन गर्दैन र मलाई थाहा छ त्यहाँ अझै काम गर्न बाँकी छ र टोलीसँग मैदानमा फर्कन र लक्ष्यहरूमा टिक्नको लागि।’

वानडे विश्वकपका लागि १५ सदस्यीय अन्तिम टोलीका अन्य खेलाडीहरुको नाम भने सेप्टेम्बर ११ मा घोषणा हुने न्युजिल्याण्ड क्रिकेटले जनाएको छ ।

Sharing This Article