‘के लत बस्यो’का एरेन्जर रिदम कँडेलले ल्याए ‘तिमी आएपछि’

ढुक्कले निदाउन दिने आमाको झै लाग्ने काख छ

हेर्छु निदाएको तिमी, जब आफ्नो जिन्दगी थाक्छ

रिदम कँडेल र सिर्जना पोखरेलको स्वर रहेको गीत ‘तिमी आएपछि’का शब्द हुन् यी । मायाप्रेमको भाव बोकेको यो गीतमा सिर्जनाकै शब्द छ भने संगीत र एरेन्ज रिदमले गरेका छन् ।

एक गीतकार र संगीतकारबीच प्रेम भयो भने जीवन कस्तो हुन्छ भन्ने कथा गीतको भिडियोमा देखाइएको छ । भिडियोको निर्देशन पनि सिर्जनाले नै गरेकी हुन् । भिडियोमा सौरभ लामिछानेको छायांकन र रोशन पौडेलको सम्पादन छ ।

रिदम अहिलेका चर्चित एरेन्जर हुन् । उनले संगीत संयोजन गरेको तिलकसिंह पेलाले गाएको गजल ‘के लत बस्यो’ निकै लोकप्रिय भएको थियो ।

Sharing This Article