क्यानडा पठाईदिन्छु भन्दै २० लाख रुपैयाँ ठगेको आरोपमा पक्राउ

४ फागुन, काठमाडौं । क्यानडा पठाइदिन्छु भन्दै १९ लाख ९० हजार रुपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दीका लक्ष्मण थापा रहेका प्रहरीले जनाएको छ ।

उनले झापा कमल गाउँपालिका ७ ठुलो बाराघारी बस्ने वर्ष ४० का सोमनाथ उप्रेतीलाई २३ लाख रुपैयाँमा क्यानडा पठाउने भन्दै पटक पटक गरेर १९ लाख ९० हजार रुपैयाँ लिएका प्रहरीको दाबी छ ।

थापालाई पक्राउ गरी वैदेशिक रोजगार विभागमा पठाएको प्रहरीले जनाएको छ ।

Sharing This Article