गणतन्त्र, राष्ट्रियता र जनजीविकाका विषय समेटेर जनमोर्चाले प्रचण्डलाई बुझायो ज्ञापनपत्र

५ फागुन, काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।
गणतन्त्र, राष्ट्रियता र जनजीविकाका विषय समेटेर ज्ञापन पत्र बुझाइएको महासचिव मनोज भट्टले जानकारी दिए । ज्ञापनपत्रमा उल्लेख गरिएका विस्तृत विषय केहीबेरमा मिडियामा सार्वजनिक गरिने उनले बताए ।
ज्ञापन पत्र बुझाउन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल, महासचिव मनोज भट्ट, कोषाध्यक्ष मधुकुमार क्षेत्री तथा केन्द्रीय सदस्य घनश्याम न्यौपाने प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।