ग्रिलिस र अलेकजान्डर आर्नोल्ड इंग्लिस टिमबाट बाहिर
१९ भदौ, काठमाडौं । ज्याक ग्रिलस र ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड इंग्ल्याण्डको टिमबाट बाहिरिएका छन् । चोटका कारण युक्रेन र स्कटल्याण्डविरुद्ध हुने खेलबाट यी दुई खेलाडीले नाम फिर्ता लिएका हुन् ।
म्यानचेष्टर सिटीका फरवार्ड ग्रिलिसले शनिवार प्रिमियर लिगमा फुलहमलाई ५-१ ले पराजित गरेको खेल गुमाएका थिए ।
यस्तै आइतबार एस्टन भिल्लाविरुद्धको खेलमा लिभरपुलका डिफेण्डर ट्रेन्ट आर्नोल्डलाई ह्याम्स्ट्रिङको समस्या देखिएको थियो ।
इंग्ल्याण्डले युरो छनोटअन्तर्गत आउने शनिबार पोल्याण्डमा युक्रेनसँग खेल्नेछ । यस्तै सेप्टेम्बर १२ मा ग्लास्गोमा स्कटल्याण्डसँग मैत्रीपूर्ण खेल खेल्ने तय छ ।
यी दुईको स्थानमा म्यानेजर ग्यारेथ साउथगेटले कुनै खेलाडी नबोलाउने निर्णय लिएका छन् ।