चितवनबाट प्रदेशसभामा माओवादीका ठाकुर ढकाल निर्वाचित

९ मंसिर, चितवन । चितवन–३ (२) बाट प्रदेशसभामा नेकपा माओवादी केन्द्रका ठाकुर ढकाल निर्वाचित भएका छन् ।

उनले राप्रपाकी उम्मेदवार रिना गुरुङलाई ८४६ मतान्तरले पराजित गरे । ढकालले १५ हजार ४६१ मत पाए भने गुरुङले १४ हजार ६१५ मत पाइन् ।

नेकपा एमालेकी सरस्वती विष्टले १० हजार १२४ मत पाइन् । प्रदेशसभामा निर्वाचित ढकाल २०७४ सालमा माओवादी केन्द्रबाट माडी नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

Sharing This Article