चुनाव जितेपछि रेखा शर्माले भेटिन् शंकर पोखरेल
९ मंसिर, दाङ । दाङ–२ बाट नवनिर्वाचित माओवादी केन्द्रकी प्रतिनिधिसभा सदस्य रेखा शर्माले एमालेका महासचिव शंकर पोखरेलसँग भेटवार्ता गरेकी छन् ।
चुनाव जितेपछि उनी शुक्रबार आफ्ना प्रतिस्पर्धी एमालेका नेता पोखरेललाई भेट्न उनकै निवासमा पुगेकी थिइन् । भेटवार्ताका क्रममा दुबै जनाले दाङको विकासबारे छलफल गरेका थिए । शर्माले पोखरेलसँग जिल्लाको विकास र समृद्धिबारे सल्लाह र सुझाव पनि मागेकी उनका एक सहयोगीले बताए ।
महासचिव पोखरेलले शर्मालाई बधाई दिँदै दाङको विकासका लागि आफू सधैं सहयोग गर्न तयार रहेको बताए ।