दशैंमा घर फिर्तीको हतारो (तस्वीरहरू)

४ कात्तिक, काठमाडौं । दशैंको बेला घर फर्किनेहरुको लर्को लागेको छ । नयाँबसपार्क, कलंकी, कोटेश्वर, बालाजु, बल्खुलगायत क्षेत्रमा गाउँ फर्किनेहरुको हतारो देखिन्छ ।

कोही गाडी रिजर्भ गरेर त कोही सार्वजनिक यातायातको टिकट काटेर घरको यात्रामा छन् । कोही भने अझैं सवारी साधनको खोजीमै छन् ।

सबैमा दशैंको उल्लास छ तर यात्रा सकस होला कि भन्ने चिन्ता पनि उतिकै छ । सडकका चोकचोकमा छन् घरसम्मको यात्रा तय गरेका यात्रुहरू । खाली छैनन् बसका सिटहरू । कलंकी चोक छोडेर बाहिरिरहेका छन् यात्रुले भरिभराउ सवारी ।

आजदेखि सार्वजनिक बिदा पनि भएकोले घर फर्किनेहरूको भीडभाड छ ।

यात्रुहरुलाई सहज र सुरक्षित रुपमा गन्तव्यसम्म पुर्‍याउने उद्देश्यले नेपाल प्रहरी र ट्राफिक प्रहरीले ठाउँठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गरेका छन् ।

प्रहरीले भीडभाडमा यात्रा गर्दा धनमाल चोरी हुनसक्ने जोखिम हुने भएकाले सजग रहन अनुरोध समेत गरेको छ ।

 

Sharing This Article