निहिता विश्वासले भनिन् : शोभराजको सुरक्षाबारे चिन्ता छ

८ पुस, काठमाडौं । कुख्यात सिरियल किलर चार्ल्स शोभराजसँग विवाह गरेको भनेर चर्चामा आएकी अधिवक्ता निहिता विश्वास अध्यागमन विभाग पुगेकी छन् ।

केन्द्रिय कारागारले शोभराजलाई गोलघरबाट निकालेर छाडेर विभाग पुर्‍याउँदा विश्वास अध्यागमनमै थिइन् । अध्यागमनमा पत्रकारहरुसँग प्रतिक्रिया दिँदै निहिताले शोभराजलाई सुरक्षितरुपमा कसरी फ्रान्ससम्म पठाउने भन्ने चिन्ता रहेको बताइन् ।

‘अहिले उी नै फस्टपाटी हुन्, उनले के चाहन्छन् भन्ने मुख्य कुरा हो’, विश्वसाले भनिन्,‘अहिले सुरक्षा राम्रो गराएर बाहिर पुग्दा हामी ढुक्क हुन्छौं ।’ अहिले परिवारबारे केही नसोचेको बताउदै उनले शोभराजलाई दूतावाससँग समन्वय गर्नुपर्ने कुरामा सहयोग गर्ने बताइन् ।

तपाईं पेरिस जान चाहनुहुन्छ ? भन्ने प्रश्नमा उनले आफ्ना अरु केशहरु पनि हेर्नुपर्ने भएकाले त्यसबारे केही नसोचेको सुनाइन् ।

Sharing This Article