नेपाल भेट्रान टिमको लगातार दोस्रो जित

१७ भदौ, काठमाडौं । नेपाल भेट्रान क्रिकेट संघको आयोजनामा भइरहेको दोस्रो खेलमा नेपाल भेट्रानले कुवेतलाई ४३ रनले पराजित गरेको छ ।

३ दिन सञ्चालन हुने द्विपक्षीय टी–२० क्रिकेट सिरिजमा नेपालले कुवेतविरुद्ध लगातार दोस्रो जित दर्ता गरेको हो ।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २६१ रनको विजयी लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१७ रन मात्र जोड्यो ।

आदिथ कुमाराले सार्वधिक ७१ रन बनाए । मोहम्मद हफिजले ३८ र समिर भट्टी २६ रनमा अविजित रहे ।

नेपालका लागि यूनिल श्रेष्ठले २३ रन खर्चेर २ विकेट र उदय थापाले ३७ रन खर्चिदैै २ तथा खिम थापाले २८ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि, पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २६० रन बनाएको थियो । नेपालका लागि सञ्जय श्रेष्ठले १३९ रन बनाए । कृतार्थ शाक्य ९७ मा र सुमन उडे १३ रनमा अविजित रहे ।

कुवेतका लागि विजय कुमारले ५० रन खर्चिदै १ विकेट लिए ।

शनिबार भएको पहिलो खेलमा नेपालले कुवेतलाई ४ विकेटले पराजित गरेको थियो । तेस्रो खेल सोमबार त्रिवि क्रिकेट मैदानमा नै हुने छ ।

Sharing This Article