पाखैभरि सयपत्री (तस्वीरहरू)

२५ कात्तिक, काठमाडौं । भाइटीका नजिकिएसँगै बजारमा फूलको कारोबार बढेको छ ।फूलखेती गरेका कृषकहरू फूल टिप्ने, माला गाँस्ने र बिक्री गर्नमा ब्यस्त छन् ।

काठमाडौंमा उपत्यकामा नजिकैका क्षेत्रबाट फूलहरू खरिद गर्ने गरिन्छ । उपत्यकाका स्वयम्भु, इचंगुनारायणलगायत क्षेत्रमा फूल खेती गरिन्छ ।

स्वयम्भु नजिकै ह्वाइटगुम्बा क्षेत्रमा किसान हिजोआज बारीमा फूलेका सयपत्री फूल टिप्ने र बजारमा लगेर बेच्ने काममा ब्यस्त छन् ।

बारीभरि ढकमक्क फुलेको फूल टिपेर डोकोमा वा बोरामा राखेर किसानहरुले बजारमा पुर्‍याउने गरेका छन् ।

हेर्नुहोस् ह्वाइटगुम्वा क्षेत्रका किसान र फूलको तस्वीर – 

    

Sharing This Article