प्रिमियर इन्स्योरेन्स कम्पनीको लाभांश परिमार्जन

११ पुस, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले लाभांश परिमार्जन गरेको छ ।

२९ कात्तिकमा बसेको सञ्चालक समितिको बैंठकले पाँच प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा नेपाल बीमा प्राधिकरणले लाभांशमा लाग्ने कर प्रयोजनको लागि मात्रै नगद लाभांश वितरण गर्नुपर्ने सर्त राखेकोले लाभांश परिमार्जन भएको कम्पनीले जनाएको छ ।

कम्पनीले प्रस्तावित लाभांश परिमार्जन गर्दै १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

 

Sharing This Article