फाइटिङ स्पिरिटले अर्को खेललाई कन्फिडेन्स दिन्छ

आईसीसी टी-२० विश्वकप छनोटमा ओमानसँग ५ रनले पराजित भए पनि नेपालले अन्तिममा जुन फाइटिङ स्पिरिट देखायो त्यसले अर्को खेलका लागि कन्फिडेन्स बढाएको छ ।
त्रिवि क्रिकेट मैदानको विकेटमा १४५ रनको स्कोर ठूलो होइन तर पहिलो इनिङ्समा ओमानले जुन मिस्टेक गरेको थियो, नेपालले दोस्रो इनिङ्समा त्यही मिस्टेक नै गर्यो । यसमा ओमानको टिममा अनुभी खेलाडी हुँदा त्यसले काम गर्यो ।
ओमानले पावर प्लेमा विकेट गुमाउँदा पछि साझेदारी गर्यो । तर नेपालको टप अर्डर चलेन र साझेदारी पनि बनेन ।
नवौँ विकेटका लागि विवेक यादव र करण केसीको ५४ रनको साझेदारी नै ठूलो बन्यो ।
नेपालको बलिङ उत्कृष्ट रह्यो
टस जितेर पहिले बलिङ गर्दा हामीलाई फाइदा थियो । त्यही अनुसार पावर प्लेको सुरुमा ४ विकेट लिएर हामीले फाइदा उठाएका पनि थियौं । जसले गर्दा ओमान १४५ रनमा रोकियो ।
ओभरअलमा डिसेन्ट बलिङ प्रदर्शन भन्नुपर्छ । ओडीआई टिमलाई यो मैदान र यो पिचमा रोक्नु राम्रो हो । लास्ट ओभरमा मात्र मोमेन्टम गएको जस्तो भयो हामीले १७ रन दियौं । १४० सम्म रोकेको भए सहजै चेज हुन्थ्यो ।
हाम्रो बलिङ युनिटले राम्रो काम गर्यो । लास्ट ओभरमा करणको अलिकति धेरै रन गए पनि यसअघिका खेलमा भन्दा सोमपाल र करणले अपेक्षा गरे जस्तै राम्रो प्रदर्शन गरे । अघिल्लो दुई खेलमा राम्रो प्रदर्शन नभ एपनि सोमपाल आज सुरुमा लयमा देखिए र विकेट पनि लिए । यसमा उनको अनुभवले पनि काम गर्यो ।
ब्याटिङमा साझेदारी भएन
ब्याटिङमा टप अर्डरमा एक जनाले खेलको भए गेम फरक हुन्थ्यो । तैपनि ८ विकेट जाँदा नेपालले अन्तिमसम्म खेल लगेर फाइटिङ स्पिरिट देखायो । यसले अर्को खेलमा राम्रै कन्फिडेन्स देखाउँछ ।
अब नेपालको खेल यूएईसँग हुनेछ । गत हप्ता मात्रै हामीले त्रिकोणात्मक शृंखलाको फाइनलमा हारेको बदला यूएईसँग लिने अवसर छ ।
सेमिफाइनलअघि ओमानसँग हार्दा हाम्रो डेप्थ कस्तो छ भनेर पनि परीक्षण भयो ।
ओमानविरुद्ध टप ७ मा कसैले खेलेको भए गेम हाम्रै पक्षमा आउन सक्थ्यो । मिडल अर्डमा राम्रो पार्टनरसिप नै भए । राम्रो पार्टनरसिप करण र विवेकको नै थियो ।
लास्ट ओभरमा यस्तो अवस्था आउनुअघि नै टपअर्डरले जिम्मेवारी लिएर खेल्नुपर्छ ।
नेपालले जस्तै ओमानले राम्रो बलिङ गर्यो । कप्तान जिसान मुक्सदले बलरहरुलाई सही समयममा प्रयोग गरे । कुशल मल्ला हुँदा राम्रो बलरलाई खेलाए । ओमानी टिम अनुभवी टिम भएकाले योजना अनुसार खेल्छ ।
उनीहरुले हामीसँग पनि धेरै खेलिसकेका छन् त्यही भएर एक अर्कालाई बलियो र कमजोरी थाहा छ । त्यसै अनुसार योजना बनाएर ओमानले खेल्यो ।
टर्निङ प्वाइन्ट
नेपाल र ओमानको खेलमा एउटै मात्र टर्निङ प्वाइन्ट थिएन । तर मुख्य कुरा पावर प्लेमा विकेट जानु र पार्टनरसिप नबन्नु नै नेपालको हारको कारण बन्यो ।
पावर प्लेमा तीन विकेट जानु पनि हाम्रो लागि भाइटल रह्यो । हाम्रो अलिकति सट सेलेक्सन भएन कि जस्तो लाग्यो । आसिफ शेख नर्मल बलमा आउट भए । कुशल पनि त्यस्तै भए । सोमपाल कामीको विकेट सामान्य रुपमै गयो ।
बिहानको कन्डिसन भएकोले ओमानले सुरुमा विकेट गुमाए पनि दोस्रो इनिङ्समा नेपालले चाँडै धेरै विकेट गुमायो । उनीहरुको विकेट जाँदा सुरुमा करणले नयाँ बलमा हर्कत देखाउँदा विकेट आएको हो । तर नेपालले आफैं विकेट फालेको हो कि जस्तो लाग्छ ।
ओमानलाई १४५ मा रोक्नु राम्रो थियो र तर उनीहरुको जुन अनुभव थियो त्यसले काम गर्यो । अन्तर्राष्ट्रिय क्रिकेटमा १३०-३५ डिफेण्ड हुन्छ । तर यो कन्डिसनमा १४५ चेज गर्नुपर्ने हो ।
अन्तिममा विवेकले राम्रो ब्याटिङ गर्दै खेललाई लास्टसम्म पुर्याएका थिए । त्यसरी तानेपछि ३ बलमा ७ रन आवश्यक थियो । गेम आइसकेपछि छोड्न मिल्थेन त्यसलाई फिनिस गर्नुपर्छ ।
विवेकले अन्तिम ओभरमा सुरुमा बिलाल खानलाई जुन लगातार छक्का हानेका थिए त्यो गाह्रो अवस्था नै थियो । तर ३ बलमा ७ रनको स्थिति भनेको त ड्र पनि हुन सक्थयो जित्न पनि सकिन्थ्यो ।
क्रेडिट विवेकलाई पनि जान्छ तन्काए उनले । एसोसिएटको राम्रो बलर विरुद्ध यसरी ब्याटिङ गर्दा कन्फिडेन्स आउँछ । गेम जिताइसकेको थियो दुर्भाग्य विकेट गयो ।
अलिकति अन्तिममा हामीले आफ्नो इमोसनलाई नियन्त्रण गर्न सकेको भए जित्न सकिन्थ्यो ।
नेपालले सुरुको गल्तीहरु हटाउनुपर्छ । यही गल्ती रिपिट गर्न मिल्दैन । सानो-सानो पार्टनरसिप गर्नुपर्छ । यो विकेटमा १५०-१६० यो चेजेबल स्कोर नै हो ।
नेपाल भर्सेस यूएई
आजको खेलमा जस्तो नतिजा आए पनि यसमा गरेको गल्तीबाट सिकेर अर्को खेलमा राम्रो खेल्नुपर्छ ।
फेरि सेमिफाइनल यूएईसँग नै छ । विश्वकप पुग्नका लागि यो खेल जित्नै पर्छ । अन्तिम खुड्किलो बाँकी छ ।
सकरात्मक रुपमा सोच्दा आज भएको गल्ती सेमिफाइनलमा हुनु भन्दा अहिले ने भएको ठिक हो ।
समूह चरणमा तीन वटै खेल जितेको यूएईको यो टुर्नामेन्टमा ब्याड गेम आउन बाँकी छ र त्यो भोलि पनि हुन सक्छ । हाम्रो आज ब्याड गेम भयो ।
यूएईलाई हराउन नसक्ने भन्ने होइन । पछिल्लो पटक हामी यूएईसँग पराजित भएका थियो ।
तर अहिले धेर कुरा फरक छ त्यो पास्ट भइसक्यो । टिममा धेरै फरक आइसकेको छ ।
नेपाल र यूएईको खेल प्रतिस्पर्धात्मक रमाइलो खेल हुन्छ । मुलपानीको विकेट फरक छ ।
यस्तै नेपाली ब्याटरले उनीहरुको पेस बलरसँग कसरी खेल्छ भन्ने हो । लयमा रहेका कप्तान मोहमद वासिमको विकेट भोलि महत्वपूर्ण हुन्छ ।
अब हामीले एडजस्ट पनि गर्नुपर्छ टीयू र मुलपानीको पिचको कन्डिसन फरक छ । तर त्रिकोणात्मक टी-२० शृखंला मुलपानीमै खेलेको भएर हामीले त्यो अनुभव प्रयोग गरेर खेल्नुपर्छ ।
त्यहाँको विकेट नै त्यस्तै भएकोले ओपनरको लागि संघर्ष भइरहेको छ ।
यस्तै प्रतियोगिता सुरु भएकै दिन घाइते भएका दिपेन्द्र सिंह ऐरी फर्कँन्छन् कि फर्कँदैनन् त्यो महत्वपूर्ण कुरा छ । उ नखेलेको भन्दा चोटबाट फर्केर खेल्दा टिमको मनोबल अर्कै हुन्छ र यूएईलाई पनि दबाब हुन्छ ।
ओमान विरुद्ध नेपाल जुन अवस्थामा पुग्यो त्यस्तो अवस्थामा दिपेन्द्रले खेल जिताउन सक्थे होला ।