भक्तपुरमा मनाइयो गाईजात्रा (तस्वीरहरू)

१४ भदौ, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरका नेवार समुदायले गाईजात्रा पर्व मनाएका छन् ।

यसपालि आज र भोलि दुई दिन गाईजात्रा परेको छ । भक्तपुरमा भने आजै गाईजात्रा मनाइएको छ ।

पछिल्लो एक वर्षमा दिवंगत भएका परिवारका सदस्यको सम्झनामा गाईजात्रा निकाल्ने प्रचलन छ ।

देशभरका नेवार समुदायमा गाईजात्राको प्रचलन रहे पनि काठमाडौं उपत्यकाको गाईजात्रा विशेष मानिन्छ ।

उपत्यकाको भक्तपुरमा सांस्कृतिक विधिपूर्वक गाईजात्रा पर्व मनाइन्छ ।

हेर्नुहोस् तस्वीरहरू :

Sharing This Article