मधेश प्रदेशसभामा ७ वटा विषयगत समिति गठन

३ फागुन, जनकपुरधाम । मधेश प्रदेशको प्रदेशसभामा ७ वटा विषयगत समिति गठन भएको छ । बुधबार बसेको बैठकमा सभामुख रामचन्द्र मण्डलले दलीय सहमतिमा ७ वटा विषयगत समिति गठनको घोषण गरेका हुन् ।

सार्वजनिक लेखा समितिमा अभिराम शर्मा, उपेन्द्र महतो, कनिष पटेल, चन्दनकुमार सिंह, जनार्दन सिंह क्षेत्री, मञ्जु देवी थापा मगर, मनिषकुमार सुमन, युवराज भट्टराई, रामअशिष यादव, रेखा ठाकुर, लखन दास तत्मा, शंकरप्रसाद चौधरी, शेषनारायण यादव र हरिनारायण महतो छन् ।

अर्थ तथा योजना समितिमा जंगीलाल राय, जयनव खातुन, दिपेन्द्र ठाकुर, प्रमोद यादव, फुलो देवी, माला कुमारी कर्ण, राजकुमार गुप्ता, रामबाबु यादव, श्याम प्रसाद पटेल, संजय कुमार महतो, सकिल मिया र शतिशकुमार सिंह छन् ।

कृषि तथा भूमि व्यवस्थापन समितिमा अनिताकुमारी साह, कौश किशोर राय, निलमकुमारी रजक, पल्टीदेवी महरा, पल्टीदेवी यादव, बच्चा राउत अहिर, मो. रजि हैदर, मो. समिम, रमेशप्रसाद कुर्मी, लक्ष्मी देवी, शाहिदा खातुन, शारदादेवी थापा र उर्मिलादेवी सिंह छन् ।

त्यस्तै प्रदेश मामिला समितिमा कृष्णप्रसाद यादव, जिवछी कुमारी यादव, त्रिलोकी प्रसाद, भरतप्रसाद साह, रमिता प्रधान, राजपति देवी दैसवाल, ललबाबु राउत, विरेन्द्रप्रसाद सिंह, बेची लुंगेली, सरोजकुमार सिंह र हसिना खातुन छन् ।

प्राकृतिक स्रोत तथा वातावरण समितिमा इन्दुकुमारी साह, गोविन्दबहादुर न्यौपाने, जितेन्द्रप्रसाद सोनार, त्रिभुवन साह, देवनारायण थारु, नागेन्द्र साह, नुरुन नेशा, मनोज कुमार सिंह, बिन्दुकुमारी यादव, शारदा दास पहाडी र ममता कुमारी मण्डल छन् ।

महिला बालबालिका तथा सामाजिक न्याय समितिमा अन्जना पण्डित, अनिरुद्ध कुमार सिंह, किरण कुमारी, किशोरी देवी, कुमरकान्त झा, जयचन्दप्रसाद पटेल, फकिरा महतो, भाग्यश्री कुमारी चौधरी, मञ्जुकुमारी मण्डल खँग, रानी कुमारी तिवारी, रुपा यादव, ललिता दास, विना देवी शर्मा र सकुन्ती देवी छन् ।

त्यस्तै विकास समितिमा शारदा शंकर प्रसाद कलवार, कञ्चन विक्छा, जयनुल राइन, जवाहरलाल कुशवाहा, प्रमोद कुमार जैशवाल, शोभा देवी, मो. समिर, मिना कुमारी लामा, रत्नेश्वर गोइत यादव, रविन्द्र दास श्रेष्ठ, राजेन्द्र प्रसाद चौधरी थारु, रामसरोज यादव, शंभु कुमार साह, सुनिल कुमार यादव र विमला अन्सारी रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

Sharing This Article