म्याग्दीको पोखरेबगरमा ग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउन्टर 

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले म्याग्दीको अन्नपूर्ण गाँउपालिका-६ स्थित पोखरेबगरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै ग्लोबल आईएमई बैंक बेनी शाखाको मातहतमा रहनेगरी ५२औं एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

यस एक्सटेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ सेवाहरु उपलब्ध हुनेछन् ।

 

 

Sharing This Article