साफ यू–१६ मा नेपाल बंगलादेशसँग पराजित

१८ भदौ, काठमाडौं । यू–१६ साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

भुटानको थिम्पुमा भएको खेलमा नेपाल बंगलादेशसँग १–० ले पराजित भएको हो ।

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलमा ४७ औं मिनेटमा बंगलादेशका अशिकुर रहमानले गरेको गोल नै निर्णायक भयो ।

नेपालले भने दोस्रो हाफमा केही आक्रमण बुने पनि गोल भने गर्न सकेन ।

खेलको अन्तिम मिनेटमा नेपालले पेनाल्टी बक्स नजिकै पाएको फ्रि–किक गोल गर्न सकेन । बल पोष्ट माथिबाट बाहिरिएको थियो ।

Sharing This Article