स्पोर्टिङ इलाम एफसी र ट्यापआउटबीच सहकार्य
१९ कात्तिक, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो सिजनमा डेब्यु गर्न लागेको स्पोर्टिङ इलाम एफसी डी मेचीले ट्यापआउट फिटनेससँग सहकार्य गरेको छ ।
ट्यापआउट फिटनेस स्पोर्टिङ इलाम एफसीको फिटनेस पार्टनर बनेको हो । ट्यापआउट फिटनेस र स्पोर्टिङ इलाम एफसी डि मेचीले शुक्रबार प्रायोजन सम्बन्धि सम्झौता भएको हो ।
जसमा स्पोर्टिङ इलाम एफसीका प्रमुख कार्यकारी अधिकृत पियुषबहादुर न्यौपाने र ट्यापआउट फिटनेसका निर्देशक यलम्बर राई तथा ट्यापआउट फिटनेसका संस्थापक महेन्द्र घलेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार ट्यापआउट स्पोर्टिङ इलामको फिटनेस पार्टनरको रुपमा रहनेछ र ट्यापआउटले आफ्नो सेवा क्लब र क्लबमा आबद्ध खेलाडी अफिसियललाई उपलब्ध गराउनेछ ।
ट्यापआउटले क्लबका खेलाडीहरुलाई स्ट्रेन्थ एण्ड कन्डिसनिङ, रिकभरी तथा जिमको सुविधामा प्रदान गर्ने जनाएको छ ।
नेपालमा स्ट्रेन्थ एण्ड कन्डिसनिङकोको काम गर्ने ट्यापआउटले मुख्य उदेश्य खेलाडीको स्तर वृद्धि गर्ने र खेलाडीहरुलाई पूर्ण फिट बनाइ मैदानमा आफ्नो शतप्रतिशत प्रदर्शन दिन सकोस् भन्ने लक्ष्य रहेको जनाएको छ ।
ढुकु फुटसल अन्तर्गत सन् २०१३ देखि सञ्चालन भैरहेको ट्यापआउट फिटनेसले खेलाडीको प्रर्दशन बृद्धि, चोट रोकथाम र खेलाडीको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यमा काम गर्दै आएको छ । यसले लामो समयदेखि बास्केटबल, मार्सल आर्ट्स र अन्य खेलका खेलाडीलाई आफ्नो सुविधा उपलब्ध गराउँदै आएको ट्यापआउटले जनाएको छ ।