हनुमानढोकामा फूलपाती भित्र्याइयो, टुँडिखेलमा बढाइँ

४ कात्तिक, काठमाडौं । हनुमान ढोकास्थित दशैं घरमा हर्ष बढाइँका साथ फूलपाती भित्र्याइएको छ । कमलाक्षी, असन, जनबहाल, इन्द्रचोक, मख्खन हुँदै जमलेश्वर महादेवमा पनि फूलपातीको पूजा गरी हनुमान ढोकास्थित दशैँ घरमा फूलपाती भित्र्याइएको हो ।

गोरखा दरबारबाट पठाइएको फूलपाती साइतअनुसार गोरखा र हनुमान ढोका दरबारमा पुजारीसहित दशैं घरमा भित्र्याइएको हो । गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हर्ष बढाइँ गरिएको थियो ।

फूलपातीको अवसरमा नेपाली सेनाले शनिबार नै सैनिक मञ्च टुँडिखेलमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतको उपस्थितिमा फूलपाती बढाइँ गरेको थियो । बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेका थिए ।

Sharing This Article